दफा ४०
धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिने
(१) दफा ३८ मा जुनसुकै कुरा लेखिएको भए तापनि बोर्डले देहायका अवस्थामा संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्नेछः– (क) उद्योग तथा व्यवसायको विकास र विद्यमान धितोपत्र कारोबारको सम्भाव्यताको आधारमा धितोपत्र बजारको सञ्चालन गर्न आवश्यक नभएमा, (ख) लगानीकर्ताको हितको संरक्षणको निमित्त धितोपत्र बजार सञ्चालन गर्न दिनु उचित र उपयुक्त नदेखिएमा । (२) उपदफा (१) मा उल्लिखित अवस्थामा कुनै संगठित संस्थालाई धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र नदिने भएमा बोर्डले सोको कारण खुलाई सम्बन्धित संगठित संस्थालाई सूचना गर्नु पर्नेछ ।